ऐतिहासिक तथा बर्तमान छोटो परिचय

 बाहुनडाँगी ऐतिहासिक तथा बर्तमान छोटो परिचय

झापा जिल्ला उत्तर पुर्बिकोण, उत्तरमा ईलाम पूर्वमा भारतको दार्जीलिङसित हातेमालो गर्दै पश्चिममा बुद्ध शान्ती गाउँपालिका र दक्षिणमा मेचीनगरको ५ र ७ न. वडासित टास्सीएर रहेको सुन्दर क्षेत्र जो हाल मेचीनगर नगरपालिका १, २, ३ र ४ न. वडामा समेटिएको छ। यो पञ्चायत् कालमा बाहुनडाँगी गा. वि. स. क्षेत्र, हाल लोकतन्त्र प्राप्ती पछी मेचीनगर नगरपालिकामा समाबिस्ट भएको छ। तर लगभग ४५ हजार जती जनसंख्या भएको यस् क्षेत्रले धार्मिक, सान्स्कृतिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रमा आफ्नो छुटै बिशेषता कायम राखेको छ। यो पहिला झापाका ठुला गाउँ बिकास क्षेत्र मध्ये दोश्रो ठुलो क्षेत्र मानिन्थ्यो। यस क्षेत्रमा रहेका ठाउका नामहरु मध्ये बाहुनडाँगी(Bahundangi), कृष्णथुम्की(Krishnathumki), मेचेडाँगी(Mechidangi) र हिन्दूगढ(Hindugadh) धार्मिक तथा पौराणिक एबम ऐतिहासिक किम्बदन्तिका आधारमा नामकरन गरिएका ठाउँहरु हुन।

१. बाहुनडाँगी

यहाँ सिमवर्ती ईलाम क्षेत्रका पशुपालकहरुले यो क्षेत्रमा घना जंगल एबम घसिलो क्षेत्र भएकाले कतै कतै गाई तथा भैंसी गोठ राख्ने गर्थे रे। यसै सिलसिलामा एक जना पोखरेल थरका ब्राम्हण्ले हालको बाहुनडाँगी बजारको आसपासमा गाई गोठ रखेका थिए रे। त्यहा गोठ्मा पोखरेल दम्पती बस्थे। त्यस्बेला यो क्षेत्रमा मलेरिया (औलो ज्वोरो)को प्रकोप थियो। श्रीमती पोखरेललाई औलो ज्वोरोले यो क्षेत्रमा आक्रान्त पारेछ। यतातिर औषधीमुलोको केही ब्यवस्था थिएन। उनका श्रीमतीले उनलाई बोकेर भारत (कम्पनी सरकार)को नक्सलबारी उपचारको निमित्त पुर्याएछन। त्यहा उपचारकै क्रममा उनको निधन भयो। शबलाई बोकेर फिर्ता ल्याई उनको गाउँ नजिकैको मेची नदिको एउटा भंगालोमा दाह सँस्कार गरेछन। यसरी एक बाहुनी बुढी आमैलाई त्यही दाह सँस्कार गरिएकाले त्यस भंगालोमा ‘बुढी मेची’ वा बाहुनीलाई जलाएको झोडा हुँदा ‘बाहुनी झोडा’ भन्ने गरिएछ। यो दुबै नाम अहिले सम्म पनि मानिसहरुले भन्दै आएका छन। ती बाहुनी जहाँ उनिहरुको गोठ थियो। हालको सरस्वती मा. वि. रहेको ठाउँ त्यहा एउटा फराकिलो चउर थियो र अहिले पनि छ। तराइ क्षेत्रमा चउरलाई ‘डाँगी’ भन्ने गरिन्छ। बाहुनी त्यही चौरको गोठमा बिरामी परी उनको देहावासान भएकोले त्यस चउरलाई बाहुनी डाँगी भन्न थालियो। त्यही शब्द अपभ्रंश भई ‘बाहुनडाँगी’ नाम बनेको हो भन्ने किम्बदन्ती रही आएको छ।

२. कृष्णथुम्की 

बाहुनडाँगी क्षेत्रको उत्तरवर्ती कोण, ईलामको दक्षिण पुर्बी सिमानासित जोडीएको क्षेत्रमा कृष्णथुम्की अवस्थित छ। यो बाहुनडाँगी क्षेत्रको सबैभन्दा अग्लो स्थान मानिन्छ। यहाँ महाभारतकालमा पान्डवहरुको वनवासको समयमा उनिहरु यहाँ आई बसेको र उनिहरुलाई खोज्दै भगवान कृष्णको यहाँ आगमन भएको भन्ने पौराणिक कथाका आधारको किम्बदन्ती चलेको पाईन्छ। यहाँ ६ वटा साना साना थुम्किहरु छन्, ईलामका पहाडी स्रिन्खलाबाट यी थुम्किहरुलाई तिरिङ् खोलाले छुट्याएको छ। केही उचालिदै भिरालो बन्दै उत्तर तर्फ लम्केको मैदानी भागको पुर्बी पट्टी पाथी भरेर भसाए जस्ता यी ६ वटा थुम्किहरुको अलगै शोभा र आकर्षण छ। यिनमा सबै भन्दा उत्तर तर्फको कृष्णथुम्की र सबै भन्दा दक्षिण तर्फको थुम्किलाई भिमसेन थुम्की भनिन्छ। यि नामहरु पराह पूर्व कालदेखी नै भनिन्दै आएका हुन। यहाँको प्रकृतिक रमणियता पर्यटकिय क्षेत्र भन्न सुहाउने खालको छ। कृष्णथुम्कीको शिखरमा मानिस र गाईका दुबै पट्टी पद चिन्ह भएको एउटा निकै ठुलो शिला छ, जसलाई भगवान कृष्ण र उहाकै गाई नन्दिनिको पाइला हुन भन्ने विश्वाश गरिएको छ। यसैले पनि यस् थुम्किको नाम कृष्णथुम्की रहेको हुनु पर्छ। यस् बाहेक यहाँ बिभिन्न आकृतिका शिलाहरु पनि प्रशस्तै रहेका छन।

जंगलभित्रै रहेको कृष्णथुम्किलाई यहाँको धार्मिक चिन्तक एबम बिकासप्रेमी मानिसहरु यसलाई धार्मिक तिर्थस्थल (धाम) र पर्यटकिय स्थलको रुप्मा बिकास गर्न २०५० साल देखी नै लागि परेका छन। हाल सम्म यहाँ भगवान कृष्णको पेगोडा शैलीको एउटा भब्य मन्दिर, राधा कृष्णको छुट्टै मन्दिर, एउटा बौधगुम्बा, सत्सङ भवन पूजारी आवास र पानी टँकिहरु बनिसकेका छन र अब यसले पर्यटक गन्तब्य स्थलको बिकासतिर पाईला चाल्न थालेको छ। यहाँ अनुसन्धान र पुरान्बेत्ताको अभाव खड्केको छ।

३. मेचेडाँगी 

(वि. स. १९९५ साल सम्म पनि घना जंगल रहेको ठाउँ) यहाँ पनि पराह पूर्व कालमा मेचे (तराई वासी) जातीको बसोबास थियो भन्ने अर्को किम्बदन्ती चलेको पाईन्छ। त्यसैले यो सानो गाउँलाई मेचेडाँगी भनिएको हो। यहाँ मेचेहरुको बसोबास भएकै कारण यसको पूर्व तर्फ रहेको ठुलो खोला (हालको अन्तरराष्ट्रिय सिमा नदी) को नाम पनि मेची रहेको भनी बुढा पाकाहरु भन्ने गर्दथे। तर यी नामको कारण बनेको आख्यानहरुको समयवधी वा तिथी मिती केही अत्तो पत्तो छैन र त्यस्ता प्रमाणिक दस्तावेजहरुको अनुसन्धान हुनु जरुरी देखिन्छ।

४. हिन्दूगढ

बाहुनडाँगी क्षेत्रको पश्चिमी भाग, निरगन्जबाट अग्लो डिलले छुटयाएको निन्दा खोला र सुकेनिन्दाको बिच, यी दुई खोलाका दोभान सम्मको मैदानी भागलाई हिन्दूगढ भनिन्छ। हालको भारत (पस्चिम बँगाल)को दार्जीलिङ जिल्लाको पहाडी ईलाकाको तत्कालिन सिक्किम राज्य अन्तरगत पर्दथ्यो र सिक्किम एक स्वतन्त्र राज्यको रुपमा थियो। भनिन्छ बहादुर शाहले नेपालको राज्य बिस्तार गर्ने क्रममा माईखोलाबाट पूर्व सिक्किम्को टिस्टा नदिसम्म युद्धद्वारा नेपालको सिमाना पुर्याउदै गर्दा यहाँ एउटा गढ बनाइ सेना जोगाड गरी रखेका थिए रे। अब यो गढ शब्दमा किन हिन्दू शब्द अगाडि जोडीयो? र किन हिन्दूगढ भनियो? यस् गढमा नेपालका सेना कहिले सम्म रहेका थिए? भन्ने प्रश्नहरुका उत्तरका बारेमा कुनै पनि ऐतिहासिक सत्य तथ्य दस्तावेज यो कलमकार सहित यस् क्षेत्रका कुनै पनि बिज्ञ जनलाई थाहा छैन। यो कुरा असत्य हो भने हिन्दूगढ किन भनियो? सत्य हो भने यस्को प्रमाणिक दस्तावेज कहाँ छ? को सित छ? लगभग २३०/४० बर्ष अगाडिको ऐतिहासिक प्रमाण पक्कै पनि छ, हुनु पर्छ। तर यस् क्षेत्रमा त्यो प्रमाण अध्यावधी उपलब्ध हुन सकेको छैन। यस्को अनुसन्धान हुनु जरुरी देखिन्छ। यि त भये बाहुनडाँगीमा किम्बदन्तिका आधारमा रहे भएका कुराहरु।

पहिला यो बाहुनडाँगी ४० / ४५ हजार जनघनत्व भएको यो बाहुनडाँगी क्षेत्र हाल मेचीनगर नगरपालिकाको क्षेत्रमा समाहित छ। यो क्षेत्रमा १० / १५ बर्ष पहिलेदेखी वन हात्तीको आतंक फैलिएको थियो। हाल ४ / ५ बर्ष अघिदेखी बिध्युतिय तार्-बारको माध्यमद्वारा त्यो आतंक निबारण हुँदै गएको छ। शिक्षाको क्षेत्रमा सामुदयिक र आबासिय गरी १० / १२ वटा माद्यामिक बिद्यालयहरु र आधारभुत र प्राथमिक बिद्यालय गरी ३० / ३५ वटा बिद्यालयहरु रहेका छन् र एउटा सँस्कृत शिक्षाको गुरुकुल पनि रहेको छ। कृषिमा पहिला पहिला धान, मकै, कोदो, तोरी, फापर, आदिको मात्र खेती गरिन्थ्यो भने अहिले अदुवा र सब्जीको खेती बढेको छ। यस्का अतिरिक्त चिया उधोग र सुपारी एबम मरिचको खेती बढ्दो क्रममा छ। ठाउँ ठाउँमा बिभिन्न मिलहरु उधोगको रुपमा सन्चालित छन। साना किसान बिकास आयोजना र बिभिन्न शहकारी संस्थाहरुको सन्ख्या बढ्दो क्रममा छन। बिजुली बत्ती गाउँ गाउँमा पुगेका छन्। स्वास्थ्य चौकीहरु ठाउँ ठाउँमा खुलेका छन। एउटा छोटी भन्सार कार्यलय र दुई तीन वटा प्रहरी चौकीहरु छन्। उत्तर दक्षिण मुल बाटाहरु बाहुनडाँगी क्षेत्रलाई समेट्तै ईलामसित जोडीने गरी मुख्य दुइवटा रहेका छन। जसमा आधाभन्दा बढी भाग कालो पत्रे भाईसकेका छन र पूर्णतया कालोपत्रे हुने तरखरमा छन। गाउँ गाउँमा जताततै शाखा बाटाहरु बनिने र ग्रयाभल हुने क्रममा छन। धार्मिक तथा साँस्कृतिक क्षेत्रमा प्राय: सबै गाउँमा दुई दिन वटाका दरले गणेश, देवी, हनुमान, शिव, राधा कृष्ण, राम जानकी आदी देव देवताका मन्दिरहरु बनेका र सन्चालनमा आएका छन भने बौध गुम्बा र किरात राई यायोखाको मन्दिर पनि यो क्षेत्रमा एक एक एक वटाका सन्ख्यामा निर्मित छन्। मुस्लिमहरुको उपस्थिती यस् क्षेत्रमा छैन र मस्जिद पनि बनेका छैनन। यहाँ धिमाल र रज्बन्शी तथा थारुहरुको सन्ख्या ज्यादै थोरै छ। अधिकांश पहाडी मुलका छेत्री, बाहुनको सन्खया ज्यादा छ। जनजातीमा राईहरु र तमाङको सन्खया उल्लेख्य रुपमा रहेको छ भने मगर, भुजेल, लिम्बु, सन्यासी, सुनुवार, कामी, दमाइ, सार्की आदी जातिहरुको बसोबास पनि बाक्लै छ। किसान(सत्तार)को सन्ख्या ज्यादै न्युन छ। लाप्चाहरुको सन्ख्या पनि एक हाथका अम्लामा गन्न सकिने जती मात्र छन। नदिनाला सुकेनिन्दा गंगटे, राइसिङ, धाईसिङ्, निन्दा, तेलपानी, काली, केवल, तिरिङ्ग आदी खोला हरुमा आवश्यकता अनुसार पुलहरु बनिएका छन। यहाँ वन क्षेत्र ज्यादै थोर छ। गंगटे र बहुवनको थोरै जंगल, भिमसिने कृष्णथुम्की सानो जंगल रहेका छन। यो क्षेत्र अहिले बिकासमा तिब्र गतिले पाइला सार्न थालेको छ। 

पहिरो नलड्ने, खोलो नपस्ने, कटान नलाग्ने, डुबान नहुने पहिरोले नपुर्ने, परेको पानी सबै बगेर जाने हुँदा हिलो नहुने, भित्री भाग ज्यादा बलियो भएको हुँदा भुकम्पमा पनि जमिन नभासिने नफुट्ने, न ज्यादा गर्मी न ज्यादा ठन्डा हुने यो क्षेत्र मानव बसोबास्का लागि अती सुरक्षित यो क्षेत्र आनन्ददायी रहेको छ। मानौ प्रकृतिको क्रिडास्थलको रुपमा सदा बहार रहने यस् क्षेत्रमा भाग्यमानी मानिसहरु मात्र बसोबास गर्न र रमाउन पाउछन। यस्को उत्तरोत्तर बिकासका निमित्त सरकारको सधैं सुद्रिष्टी परोस र बढी भन्दा बढी बिकास हुन सकोस भन्ने आन्तरिक शुभेच्छा ब्यक्त गर्दै कलम बिसाउछु। अस्तु।

Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.